Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आँबुखैरेनी ढापटारमा सवारी दुर्घटना एक युवकको मृत्यु

आँबुखैरेनी ढापटारमा सवारी दुर्घटना एक युवकको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १४, २०७७ शुक्रवार • १५:५५:१६ बजे
  • 1.7K
    SHARES
  • आँबुखैरेनी ढापटारमा सवारी दुर्घटना एक युवकको मृत्यु
    तनहुँको आँबुखैरेनी गाउँपालिका २ ढापटारमा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

    आँबुखैरेनीबाट डुर्म्रे तर्फ जाँदै गरेको प्रदेश ३-०२-१३ प २१०६ न। को मोटरसाईकल सोही दिशा तर्फ रोकी राखेको ना ५ ख ८८९२ नं।को ट्रकमा ठक्कर खाई बिहीबार राति ११।०० बजे दुर्घटना हुँदा मोटरसाईकल चालक तनहुँ आँबुखैरेनी गाउँपालिका-४ का १९ वर्षीय अन्जन सुनारको मृत्यु भएको हो ।

    सुनारको हाडजोर्नी अस्पताल आँबुखैरेनीमा उपचारका क्रममा शुक्रबार बिहान १।५० बजे सुनरको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology