Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

म्याग्दीका गैरजिम्मेवार राजनितिक दल,सामाजिक संघ संस्था र फैलिएको कोरोना महामारी

म्याग्दीका गैरजिम्मेवार राजनितिक दल,सामाजिक संघ संस्था र फैलिएको कोरोना महामारी

प्रकाश बिश्वकर्मा

प्रकाश बिश्वकर्मा

कार्तिक १६, २०७७ आइतवार • ०५:५०:५५ बजे
  • 5.8K
    SHARES
  • म्याग्दीका गैरजिम्मेवार राजनितिक दल,सामाजिक संघ संस्था र फैलिएको कोरोना महामारी

    यसो पुरै नेपाल काम भन्दा ज्यादा हल्ला खल्ला गर्ने ठाॅउ हो यस बाट म्याग्दी त झन अछुत हुने कुरै भएन।महामारीको सुरुको चरणमा म्याग्दीमा पनि थुप्रै प्रकारका हल्ला खल्लाहरु चलाईए बजार पुरै समाजसेबीहरुले सेनिट्राईज गर्ने,नाकामा सेनिट्राईजिंग टनेल राख्ने, हेलिकोप्टर बाट चामल नुन तेल बाॅड्ने सम्मका हल्लाहरुले बजार तत्याईयो।यि सबै हल्लाहरु सुन्दा यस्तो लाग्थ्यो म्याग्दीमा कोरोना कहिले छिर्दैन सायद त्यति बेलाका शासक प्रशासक,जनप्रतिनिधीहरुको त झन के कुरै नगरम मिल्ने जति सबै चिजबाट देखाउन मिल्ने सबै चिजहरु देखाउनु भयो यसै गरी पहिलो चरणको लकडाउन सकियो र हल्लाकैभरमा गरिएको लकडाउन हल्लाकै भरमा खोलियो ।

    images

    बिबिध कारणले सरकारले लकडाउन खोले पनी नेपालमा कोरोना महामारीको बिस्तार कत्ति पनि घटेको थिएन यसर्थ म्याग्दीमा पनि घट्ने कुनै संभाबना नै थिएन बरु अब झन सचेत हुने र जिम्मेवार हुने बेला थियो तर बिडम्बना म्याग्दीमा त्यस्तो भएन।बरु लकडाउनकै बिचमा कोरोना महामारी नै कन्ट्रोल गर्ने झै गरी केही धनिमानी बजारियाहरुको टाईम पास गर्न खोलिएका क्लबहरुको सभा सम्मेलन गर्दै हिडियो,पावर र पहॅचका आधारमा केहीथान ब्यापारीहरु कोरोनालाई खुला निम्ता दिए गरी काठमाण्डौ पोखरा गर्न छुट दिईयो कुनै अमुख ब्यक्तिलाई प्रधानमन्त्री बनाईराख्नपर्छ भन्नका लागी आन्देलन र र्यालीहरु गर्न छुट दिईयो।यि त अघि का कुरा हरु भए।

    अब लकडाउन पछिका यि बिचका २ महिनाका कुराहरु गरौ लकडाउन खुलेको थियो तर देशभर कोरोना संक्रमण ह्वात्तै बढेको थियो सराकरले र स्वास्थ्य क्षेत्रका बिज्ञहरुले स्वास्थ्य मापदण्डका बारेमा बिभिन्न अनुरोध गरिरहेका थिए तर ठिक यति नै बेला म्याग्दीमा चाॅही अब कोरोना भन्ने चिज नै सकिए झै गरि जिम्मेवार जनप्रतिनिधीहरु राजनितिक दलका नेता ज्युहरु तथा बिभिन्न सामजिक संघ संस्थाका ठालुहरु दलबल सहित गाॅउ गाॅउमा कार्यक्रममा ब्यस्त थिए। सरकारको अनुरोधलाइ अक्षरशं पालन गर्नु पर्ने र गराउन पहल गर्नु पर्ने संघिय संसदका माननिय सासंद ज्यु आफै लाल झण्डा बोकेर गाॅउ गाॅउमा पार्टी प्रबेश गराउॅदै हिड्नु भयो राजनितिका नाममा बिबेकहिन बनेका दलका नेताहरु त कहिले कम्युनिष्ट त कहिले काॅग्रेस प्रबेश गराउने नाममा गाॅउका सिधा सादा जनतालाई जाॅड पाटी दिने जम्मा गर्ने,फोटो खिचाउने धन्दामा नै लागे जनप्रतिनिधीको कुरा झन के गरौ लामो समयको लकडाउनको कारण जनता को दैनिकी चौपट छ,कोरोना बिरामीले हस्पिटल नपाएर छट्पटिएका छन, गतिलो क्वारिन्टिन र आईसुलेसनहरुको ब्यब्स्था करिब सुन्यछ तर उहाॅहरु आफ्ना लागी दशैको भत्ता बुझेर दशैका रंगिन शुभकामनाहरु बाॅड्न ब्यस्त हुनुहुन्थ्यो अझै उहाॅहरुको घुनघाम र सेल्फीको त  क्या बात कुरै नगरम।

    यता आफुलाई असाध्यै सभ्य र शालिन ब्यक्तित्व आफ्ना बिभिन्न नामधारी संस्थाहरुलाई असाध्यै समाजको अभिन्न अंग मान्ने सामाजिक संघ संस्थाहरुको पनि अलिकति कुरा गरौ नाम ठ्याक्कै आएन तर बेनी बजारमा बेला बेला देखिने एउटा संस्थाले कोरोनाको भ्याक्सिन नै पत्ता लाग्ने झै गरी अलि अस्ती कुन्नी के फोटो प्रतियोगिता राख्यो र कार्यक्रम गर्नका लागी बेनी बजारका मान्छेहरु बोकेर गाॅउ पुर्यायो सार्बजनिक कार्यक्रमका सदाबाहर सेलिब्रेटी अतिथीहरु संग त्यहाॅ पुगेर त्यो तामझाम सहित कार्यक्रम गर्नुको उपलब्धी त उहाॅहरुलाई थाहा होला तर कोरोना महामारीको बिचमा खाना नपाएको भोक भोकै तड्पिएका जनताहरुका लागी त्यो कार्यक्रम के समयसापेक्ष थियो त? यति त्यो कार्यक्रममा कोही कसैलाई साॅच्ची कोरोना भएर अरु ति गाॅउका सिदा सादा जनतालाई सरेको भए यसको जिम्मा कस्ले लिन्थ्यो ? यो त एउटा उदारण मात्र हो यस्ता उदारण त कति छन कति।

    आज समय फेरीएको छ म्याग्दी अर्थात बेनी बजारमा समुदाय भित्र कोरोना प्रबेश गरेको मात्र होईन १ जनाको ज्यान पनि लिई सकेको छ जिल्ला जन स्वास्थ्य कार्यलयको अनुशार समुदाय भित्रकोकोरोना अझै बढेर जाने देखिन्छ अहिले लक्षण सहित र रहितका बिरामीहरु बजारमा देखिएका छन अझा यो भित्र भित्रै भुसको आगै जसरी फैलिरहेको पनि हुन सक्छ तर यति बेला संक्रमण नियन्त्रण गर्न योजना बनाउनु पर्ने सचेतना फैलाउन समुदायमा जान पर्ने सासंदहरु,बिभिन्न पार्टीका नेता ज्यूहरु बेपत्ता भएको बजारमा हल्ला चलिराछ। हिजो हामी छिमेकी दिदी बहिनीहरु मिलेर क्लबको कार्यक्रम गरेको हो भनेर ओठे जवाफ फर्काउने दिदी बहिनीहरु आज कोरोना तपाईको छिमेकमै आईरहेको छ तपाईहरुलाई भन्नु केही छ? अनि आफ्नो खोप्सो क्यामेरामा देखाउनका लागी नै समय न सन्दर्भको कार्यक्रम राखेर गाॅउ तिर भिडभाड गर्नेहरु हो आज कोरोना तपाईहरुकै छेउछाउ आईसक्यो त तपाईहरु लाई पनि भन्न केही छ कि?

    आज बेनी बजारमा कोरोना बढेको छ अस्ती सम्म ब्यापार गर्न पाईएन भनेर रोईकराई गरेर लकडाउन खोल्न पर्छ भन्ने उधोग बाणिज्य संघ हतार हतार गरेर बन्द गर्न बिज्ञप्ती निकाल्दै छ प्रशासनले नियन्त्रणका लागी भन्दै हिजो बाट बजार क्षेत्र लकडाउन पनि गरेको छ तर आम नागरिकहरुले भने हप्ता दश दिन पहिलाका यिनै आज लकडाउन गर्न पर्छ भन्नेहरुको हर्कत झल्झली सम्झिरहेका छन।हिजो पार्टी प्रबेशका नाममा काठमाण्डौका मान्छेहरु म्याग्दी नझारेको भए भिडभाड नगरेको भए बैठक, भेलाहरु नगरेको भए, सामजिक संघ संस्थाका नाममा फगत कार्यक्रमहरु नगरेको भए बाहिर बाट आउने सबै मान्छेहरुलाइ पावर पहॅुचका भरमा नछिराएको भए सायद यो दुरदर्शा भोग्नु पर्ने थिएन क? बजारमा यस्तै चर्चा चलिरेहेको छ।

    सबै कारण नै यही मात्र हो त नभनौ मुख्य कारण त स्वंम जनताहरु नै हुन तर यति चाॅही भन्नै पर्छ आज म्याग्दीको जुन अबस्था देखिएको छ यो अबस्थाका कारणहरु मघ्य यि कारणहरु पनि मुख्य हुन । यदी उहाॅहरुमा सामन्य नैतिकता छ भने उहाॅहरुले सार्बजनिक रुपमा माफी माग्नु पर्छ भन्ने आवाज यति बेला म्याग्दीमा चौतर्फी उठेको छ। 

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • प्रकाश बिश्वकर्मा

    प्रकाश बिश्वकर्मा मयूरपाटी डिजिटल पत्रिकाकाे प्रधान सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology