Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

क्यानसर पीडित बिरामीलाई युवाहरुको आर्थीक सहयोग संकलन

क्यानसर पीडित बिरामीलाई युवाहरुको आर्थीक सहयोग संकलन

बादल शाही

बादल शाही

कार्तिक १६, २०७७ आइतवार • ०९:१५:४७ बजे
  • 5.9K
    SHARES
  • क्यानसर पीडित बिरामीलाई  युवाहरुको आर्थीक सहयोग संकलन
    मयुरपाटी बादल शाही ।पर्वत जिल्लाको जलजला २ र ३ मा पर्ने बगरफाँटका युवाहरु क्यान्सर पीडितलाई सहयोग संकल गर्न स्वस्फूर्त रुपमा संगठित भएका छन् । बिगत ३ वर्षदेखि घाँटी र छातीको क्यान्सरले ग्रसित म्याग्दी अन्नपूर्ण गापा ५ पाउदार का प्रसाद दमाई आर्थिक अभावको कारण रोगले थला परेपछि उनको उपचारको लागि युवाहरु संगठित भएका हुन् । 
    d3.jpg
    "बगरफाँट युवा परिवार पर्वत" नामाकरण गर्दै किसान बिस्वकर्मा, संगिता सापकोटा र बादल शाही पीडितको लागि तयार पारिएको ब्यानर र अडियो, साउन सिस्टममा गुन्जाउदै हिंड्न थालेपछी एकाएक समाजका हरेक मान्छेहरु जमातमा थपिदै गए । समाजका समाजसेवी, अभियान्ता, बुद्धिजीवी  महिला, पुरुष युवाहरु एकएक थपिए र सहयोग संकलन सुरु भयो स्थानीय बगरफाँट पर्वत मा ।

    १५/२० जनाको जमात पुरै बगरफाँट घुमेपछी केहीबेरमै जम्मा भएको रु. ४६४६० (छयालीस हजार चार सय साठी रुपैयाँ) पिडितलाई  हस्तान्तरण गरेका छन् । अभियान जारी रहने र देश बिदेशमा रहेका मनकारीहरुलाई सहयोगको लागि आह्वान गर्दै संयोजक किसान बिस्वकर्माले सहयोग दाताहरुलाई धन्यवाद दिनु भयो ।
    d2.jpg
    मर्दा र पर्दा युवाहरु संगठित हुनैपर्ने र समाजको हरेक काममा युवाहरुको भुमिका प्रमुख रहने कुरा स्थानीय अगुवा हिराबहादुर बरुवाल बताउनुहुन्छ । "दुख पर्दा र बिमार पर्दा संगठित भएर एक अर्कोलाई सहयोग गरेर बचाउने हामी नेपालीहरुको यस्तो संस्कार राम्रो हो" उहाँले भन्नू भयो । बरु आर्थिक अवस्था नाजुक हुँदासाथ पीडालाई पालेर सामाजिक रुपमा भन्न लाज मान्नुको सट्टा सामाजिक रुपमा समयमा नै पीडितको परिवारले सहयोग आह्वान गरेमा रोगी बाँच्न सक्ने बरुवालले बताउनु भयो ।

  • सम्बन्धित विषय:

  • # समाज
  • बादल शाही

    बादल शाही मयूरपाटी डिजिटल पत्रिकाकाे सम्बाददाता हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology