Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

१५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरी जवान सिंहविरुद्ध मुद्दा दर्ता

१५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरी जवान सिंहविरुद्ध मुद्दा दर्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १८, २०७७ मंगलवार • १०:३६:२६ बजे
  • 1.0K
    SHARES
  • १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा  प्रहरी जवान सिंहविरुद्ध मुद्दा दर्ता

     जिल्लाको जोरायल गाउँपालिका–५ गडसेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहले सोही ठाउँकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा सोमबार मुद्दा दर्ता भएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार किशोरीलाई विवाह गर्ने प्रलोभन देखाई बलात्कार गरेको भन्ने पीडित बालिकाको उजुरीका आधारमा निज प्रहरी जवान सिंहविरुद्ध मुद्दा दर्ता गरिएको हो । निज किशोरीलाई प्रहरी जवान सिंहले तीन महिनादेखि शारीरिक सम्बन्ध राखेको पीडित किशोरीले आरोप लगाएकी छन् ।

    प्रहरी जवान सिंहले यही कात्तिक १३ गते राति किशोरीलाई बलात्कारपछि हत्या प्रयास गरेको पीडित किशोरीका आफन्तले आरोप लगाएका छन् । राति ११ बजे किशोरीको घरमा उनी सुतेकै कोठामा पुगेर बलात्कार गरेको र उनलाई घिसार्दै घरदेखि तल रुखमा झुण्ड्याएको र पछि किशोरी अर्धचेत अवस्थामा भेटिएको पीडित किशोरीका बुवाको आफन्तको भनाइ छ ।

    “अचेत अवस्थामा भेटिएकी छोरीलाई बोकेर उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा गएर उपचारपश्चात होस आएपछि सोमबार बल्ल बलात्कारको मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय आएका हौँ” किशोरीका बुवाले भने, “नागरिकको सुरक्षाका लागि खटिएका प्रहरीबाट यस्तो हुन्छ भने अरुबाट के आश गर्नु, हामीले न्याय पाउनुपर्छ ।”

    किशोरीको घाँटीमा दोपट्टाले लगाएको फाँसीको घाउ प्रष्टै देखिने भएकाले घटनाको सत्यतथ्य बुझ्नका लागि अधिकृतको कमाण्डमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख जनकराज पाण्डेले बताए । उनले भने, “किशोरीको घाँटीमा पासो लगाएको घाउ देखिन्छ, प्रहरी जवानविरुद्ध बलात्कारको मुद्दा दर्ता गरी छानबिनका लागि टोली खटाएको छु, मुद्दा चल्छ ।” यसैगरी निज प्रहरी जवानले किशोरीलाई कुटपिट गरेका कारण उनको खुट्टामा नीलडाम रहेको छ ।

  • सम्बन्धित विषय:

  • # बलात्कार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology