Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

काठमाडौंको ओमबहाल चोकबाट स्रोत नखुलेको एक करोड रुपैयाँसहित तीन पक्राउ

काठमाडौंको ओमबहाल चोकबाट स्रोत नखुलेको एक करोड रुपैयाँसहित तीन पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १८, २०७७ मंगलवार • १३:५९:४१ बजे
  • 1.9K
    SHARES
  • काठमाडौंको ओमबहाल चोकबाट स्रोत नखुलेको एक करोड रुपैयाँसहित तीन पक्राउ
    प्रहरीले काठमाडौंको ओमबहाल चोकबाट स्रोत नखुलेको एक करोड रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ।

    झापाका बिकास मित्तल, झापाकै कमल मित्तल र पर्वतका गणेश पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

    सोमबार बेलुकी पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले एक करोड रूपैयाँ रकम पनि बरामद गरेको छ।

    यो हुण्डीमार्फत् गरिने गैरकानुनी कारोबारको रकम भएको प्रहरीको दाबी छ।

    प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको ब्युरोका डिआईजी सहकुल थापाले जानकारी दिए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology