Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तत्कालीन पोखरा नगर पञ्चायतका प्रमुख केसीको निधनपछि सम्मानमा पोखरा महानगरको सेवा बन्द

तत्कालीन पोखरा नगर पञ्चायतका प्रमुख केसीको निधनपछि सम्मानमा पोखरा महानगरको सेवा बन्द

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १८, २०७७ मंगलवार • १४:०४:५९ बजे
  • 1.9K
    SHARES
  • तत्कालीन पोखरा नगर पञ्चायतका प्रमुख केसीको निधनपछि सम्मानमा पोखरा महानगरको सेवा बन्द
    पोखरा । प्रतिनिधिसभाका सदस्य एवं तत्कालीन पोखरा नगर पञ्चायतका प्रमुख सूर्यबहादुर केसीको निधन भएपछि उहाँको सम्मानमा यहाँ पोखरा महानगरको सेवा बन्द गरिएको छ ।

    महानगरपालिकाले एक विज्ञप्ति जारी गरी स्व केसीका सम्मानमा महानगर नगर कार्यपालिका कार्यालय र सबै वडा कार्यालय बन्द रहने जनाएको छ । विज्ञप्तिमा केसीको निधनले महानगरपालिकालाई स्तब्ध बनाएको र प्रतिष्ठित उद्योगीका रुपमा परिचित उहाँले पोखराको विकासमा पु¥याउनुभएको योगदानलाई सदा स्मरण गरिने उल्लेख छ ।

    नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहनुभएका सांसद केसीको यही कात्तिक १७ गते राति १० : ३० बजे ६३ वर्षका उमेरमा आफ्नै निवास मुस्ताङचोकमा निधन भएको थियो । सांसद केसी पोखराका प्रतिष्ठित उद्योगीसमेत हुनुहुन्थ्यो ।
    pkr kc.jpg

  • सम्बन्धित विषय:

  • # पोखरा महानगरपालिका
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology