Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा एकै दिन कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु,को कहाँका ?

पोखरामा एकै दिन कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु,को कहाँका ?

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १८, २०७७ मंगलवार • १८:१०:३४ बजे
  • 5.5K
    SHARES
  • पोखरामा एकै दिन कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु,को कहाँका ?
    कोरोना संक्रमणबाट पोखरामा एकै दिन थप ४ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा कास्की पोखरा महानगरका ४ जना, बागलुङका २ जना तथा तनहुँ र नवलपुरका १ -१ जना गरि गण्डकी प्रदेशमा थप ८ जनाको कोरोनाबाट मृत्यु भएको हो ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा। विनोद विन्दु शर्माले दिएको जानकारी अनुसार पोखरा महानगर ५ की ५९ वर्षीया संक्रमित महिलाको सोमबार राति ११ :०० बजे,  पोखरा १३ का ५५ वर्षीय पुरुषको मंगलबार बिहान ११ : ४५  बजे, पोखरा ६ का ७२ वर्षीय पुरुषको सोमबार बिहान ४ : १५ बजे र  पोखरा ३  का ५२ वर्षीय पुरुषको सोमबार बिहान ११ : ४५ बजे पोखरामा उपचारको क्रममा मृत्यु भएको हो  ।

    त्यसै गरि निर्देशनालयले तनहुँ ६ ब्यासका ६६ वर्षीय पुरुषको सोमबार बिहान २ : १५ बजे, बागलुङ ३ का ६६ वर्षीय पुरुषको मंगलबार बिहान १० : २०  बजे, बागलुङ ३ का ६१ वर्षीय पुरुषको सोमबार बेलुका ५:३०  बजे, नवलपुर देवचुली ११ का ८० वर्षीय पुरुषको आइतबार बिहान ११: २६ बजे मृत्यु भएको जनाएको छ ।

    यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८ पुगेको छ ।
    123362233_195998765241242_8252629073695947820_o.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology