Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपालको एक मात्र शिकार आरक्षण केन्द्र ढोरपाटनमा एक नाउर र एक झारलको मात्र शिकार हुने

नेपालको एक मात्र शिकार आरक्षण केन्द्र ढोरपाटनमा एक नाउर र एक झारलको मात्र शिकार हुने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १९, २०७७ बुधवार • ११:०१:०६ बजे
  • 2.7K
    SHARES
  • नेपालको एक मात्र शिकार आरक्षण केन्द्र ढोरपाटनमा एक नाउर र एक झारलको मात्र शिकार हुने
    बाग्लुङ । नेपालको एक मात्र शिकार आरक्षण केन्द्र ढोरपाटनमा यस वर्षको पहिलो शिकार सिजनमा एक नाउर र एक झारलको मात्र शिकार हुने भएको छ ।

    कोरोना त्रासले गर्दा रोकिएको शिकार पर्यटन यस वर्षको पहिलो सिजनमा २ वटा जनावरको शिकार तोकिएको हो ।

    राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागले शिकारको लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरे पनि नेपाल ट्राभल्स कम्पनीले मात्र शिकारको लागि प्रस्ताव पेश गरेको थियो ।

    शिकार आरक्षको धुस्तुङ ब्लकमा एक झारल र एक नाउरको शिकार गर्ने ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत विरेन्द्रप्रसाद कँडेलले जानकारी दिनुभयो ।

    नेपाल ट्राभल्स सफारी कम्पनीमार्फत बेल्जियमका नागरिक मंसिर ५ गते शिकारका लागि ढोरपाटन आउने छन् ।

    आरक्षणमा वर्षेनी असोजदेखि मंसिर र फागुनदेखि वैशाख गरी दुई पटक शिकार खुल्छ । गत वर्षको दोस्रो सिजनको शिकार कोरोनाका कारण रोकिएको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology