Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बुधवार पोखरामा एकै पटक ६ जना कोरोना संक्रमितको अन्त्यष्टी,१ जनाको भोली मात्रै

बुधवार पोखरामा एकै पटक ६ जना कोरोना संक्रमितको अन्त्यष्टी,१ जनाको भोली मात्रै

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १९, २०७७ बुधवार • १६:५०:४२ बजे
  • 1.3K
    SHARES
  • बुधवार पोखरामा  एकै पटक ६ जना कोरोना संक्रमितको अन्त्यष्टी,१ जनाको भोली मात्रै
    आश तमु पोखरा - पोखरामा कोरोना संक्रमितको सङ्ख्या बढ्नुका साथ साथै मृत्युदर पनि बढ्दै गएको छ । हामीलाई प्राप्त जानकारी अनुसार कोरोना संक्रमणबाट पोखरामा सोमबार र मगलवार र बुधवार गरी ७ जनाको मृत्यु भएको छ ।

    फिल्डमा खटिएका सञ्चार कर्मी सन्देश वरालका अनुसार ७ जना मध्य ६ जनाको आजै बुधवार अन्तेष्टी गरिएको छ भने बाकीँ  १ जना चरक अस्पतालमा मृत्यु भएकाको भोली बिहिवारमात्रै अन्तेष्टी गरिने बताइएको छ ।

    मृत्यु हुनेमा स्वास्थ्य निर्देशानलयले हिजो बेलुका दिएको आधिकारीक जानकारी अनुसार मगलवार बेलुका सम्म ४ जनाको मृत्यु भएको प्रेस नोट जारी गरिएको थियो भने बाकीँ ३ जनाको भने जानकारी दिएको छैन ।

    गण्डकी प्रदेश स्वास्थय निर्देशानलय अनुसार ती चार मध्य ३ पुरुष हुन भने १ महिला रहेका छन अन्य ३ जनाको भने अहिले सम्म जानकारी प्राप्त भएको छैन  ।

    मृत्यु हुनेमा मनिपाल अस्पतालमा १ जना , गण्डकी मेडिकल कलेजमा १ जना , पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ३ जना र चरक मेमोरियल अस्पतालमा २ जनाको मृत्यु भएको बताईएको छ ।कोरोना संक्रमणबाट एकैदिनमा ७ जनाको मृत्यु भएको पोखरामा यो पहिलो पटक भएकाले पनि शव ब्यवस्थापनमा केही समय लाग्ने श्रोतले जनाएको छ । 
    तस्विर सन्देश वराल

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology