Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा कोरोना भाइरस संक्रमणबाट थप ६ जनाले ज्यान गुमाए

पोखरामा कोरोना भाइरस संक्रमणबाट थप ६ जनाले ज्यान गुमाए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २०, २०७७ बिहिवार • ०९:५८:५६ बजे
  • 1.2K
    SHARES
  • पोखरामा कोरोना भाइरस संक्रमणबाट थप ६ जनाले ज्यान गुमाए
    पोखरामा कोरोना भाइरस संक्रमणबाट थप ५ जनाले ज्यान गुमाएका छन् ।

    पोखरा महानगरपालिका वडा नम्बर ३२ का १ जना पुरुषको कोरोनाबाट ज्यान गएको छ । ४२ वर्षीय उनको मंगलबार राति ११ बजेको समयमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो । उनलाई कार्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
    पोखरा २६ का ७३ वर्षीय वृद्धको कोरोनाबाट ज्यान गएको छ । उनको आज बिहान ७ बजेर २५ मिनेट जाँदा प्रतिष्ठानमा नै उपचारका क्रममा ज्यान गएको हो । उनलाई कार्तिक १५ गते कोरोना पुष्टि भएको थियो ।

    पोखरा २५ का ५२ वर्षीय पुरुषको समेत कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । उनको आज बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७ बजेर ३५ मिनेट जाँदा ज्यान गएको हो ।

    त्यस्तै पोखरा १६ का ५९ वर्षीय पुरुषको समेत कोरोनाबाट ज्यान गएको छ । उनको मंगलबार राति ११ बजे चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा ज्यान गएको हो । उनलाई कार्तिक १५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

    त्यस्तै सोही वडाका २८ वर्षीय पुरुषले समेत कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान १० बजेर ४५ मिनेट जाँदा ज्यान गएको हो । उनलाई कार्तिक १६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

    यता तनहुँका १ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । जिल्लाको ब्यास नगरपालिका वडा नम्बर ४ का ७० वर्षीय पुरुषको कोरोना संक्रमणबाट चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा आज दिउँसो पौने १ बजे ज्यान गएको हो । उनलाई कार्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    यसंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल सख्ंया ९३ पुगेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology