Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाल विद्युत् प्राधिकरणका इन्जिनियर दस लाख रुपैयाँ घूससहित रंगेहात पक्राउ

नेपाल विद्युत् प्राधिकरणका इन्जिनियर दस लाख रुपैयाँ घूससहित रंगेहात पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २०, २०७७ बिहिवार • १७:३७:१३ बजे
  • 1.1K
    SHARES
  • नेपाल विद्युत् प्राधिकरणका इन्जिनियर दस लाख रुपैयाँ घूससहित रंगेहात पक्राउ
    मकवानपुर — ठेकेदार पक्षसँग घूसबापतको रकम लिँदै गरेको अवस्थामा नेपाल विद्युत् प्राधिकरणका एक इन्जिनियर हेटौंडा बजारबाट बिहीबार रंगेहात पक्राउ परेको छन् ।


    अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले नेपाल विद्युत् प्राधिकरणअन्तर्गत् हेटौंडा–भरतपुर–बर्दघाट आयोजना प्रमुख इन्जिनियर ईश्वरीप्रसाद जैसवाललाई नगद दस लाख रुपैयाँसहित रंगेहात पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका प्रमुख बाबुराम खतिवडाका अनुसार जैसवालले आयोजनाको काम गरेबापत ठेकेदार कम्पनीले सम्पूर्ण कागजात पूरा गरेर भुक्तानीका लागि प्रक्रिया अगाडि बढाएको भएपनि जैसवालले आफूलाई दस लाख रुपैयाँ चाहिने माग राखेका थिए ।

    ‘दस लाख रुपैयाँ घूस मागेर लामो समयदेखि ठेकेदार पक्षको भुक्तानी रोकिएको रहेछ । उक्त गुनासो हामीसम्म आइपुगेपछि हाम्रो टोलीले उनीमाथि निगरानी राखेको थियो ।’ खतिवडाले भने । उनका अनुसार इन्जिनियर जैसवाललाई हेटौंडा–१० स्थित मेगा होटलबाट पक्राउ गरिएको हो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology