Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गोल्ड कोईस्टको नाममा म्याग्दीको एउटा पुरानो ठगी धन्दा पिडितले न्याय कहिले पाउलान?

गोल्ड कोईस्टको नाममा म्याग्दीको एउटा पुरानो ठगी धन्दा पिडितले न्याय कहिले पाउलान?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २१, २०७७ शुक्रवार • २०:२५:२२ बजे
  • 5.5K
    SHARES
  • गोल्ड कोईस्टको नाममा म्याग्दीको एउटा पुरानो ठगी धन्दा पिडितले  न्याय कहिले पाउलान?

    म्याग्दीमा प्रहरीले हालै नेटवर्किंग ब्यबसाय संलग्न ३ जनालाई पक्राउ गरे पछि, के झन्डै २ दशक अगाडी यस्तै खाले गोल्ड कोइस्ट नामकनेटवर्किंग ब्यबसाय बाट ठगिएकाहरु लाइ कारबाही गरि ठगिएको रकम फिर्ता होला भन्दै सामाजिक संजालमा आवाज उठेको छ।जानकार हरुका अनुसार २०५५/२०५७ तीर म्याग्दीका केहि मान्छेहरु मुख्य एजेन्ट बनेर पिरामिड सैलीको सो नेटवर्किंग ब्यबसायसंचालन गरेका थिय। तत्कालिन समयमा गोल्ड कोइस्टको सदस्य बन्न प्रति व्यक्ति ले ३५ देखि ४० हजार रकम हाल्नु पर्ने र अरु थप ३-४ जना लाई सदस्य बनाय सुरुमा सुनको सिक्का आउने, सदस्य संख्या बढाउदै गए मासिक सुनको सिक्का, सुनको घडी र ५००अमेरिकि डलर बसी-बसी घरमै आउने भन्दै म्याग्दीमा पनि सयौ सर्बसाधारण लाइ झुक्काइ,  करोडौ रकम संकलन गरियको थियो।अर्का जानकारका अनुसार सो समय गोल्ड कोइस्टका म्याग्दी नाइकेहरु गाउ-गाउमा पसेर सोझा-सिधा जनतालाई गोठको लैनो भैसीबेचेर, कानका गहना बेचेर लगानी गर्न उस्काई म्याग्दीबाट मात्रै तत्कालिन समयमा करोडौ रकम संकलन गरेको बताइन्छ।                                                      received_365979111274715.jpeg

    images

    मयूरपाटी को सम्पर्कमा आएका एक जना पिडित बेनी बजारका पुराना ब्यबसायी तारासिं मगर  आफ्नो ५०० डलर अहिले को करिब पचास हजार रुपैया डुबेको र केहिपनि नपाएको बताए। उनले त्यो रकम अहिलेको अवस्थामा ३-४ लाख बराबर जस्तो हुने बताउॅदा संलग्नहरु अहिले पनि खुलाखुल्ला हिडेका छन् तर हामीले न सुनको सिक्का पाइयो, न सुनको घडी, न मासिक अमेरिकी डलर नै पाइयो भन्दै आफ्नो दुखेसो सुनाए ।

    युवा आवाजका अभियन्ता दिनेशजंग कटुवालले यसको बिषयमा सामजिक संजालमा लेखे पछी पडित बेनिका थुप्रै  मान्छेहरुले आफुठगिएको भनेर बिचार राखेका छन यस्ले पनि गोल्ड कोईस्टका नाममा थुप्रै मान्छेहरु ठगिएको तर सत्ता र शक्तिको आडमा बर्षौ देखीढाकछोप गरि पिडितहरुलाई ठगिएको प्रष्ट्र हुन्छ।मयूरपाटीको सम्पर्कमा आएका सबै पिडितहरुले आफ्नो पैसा उठाएर पैसालाइ ठगहरुले पछि विभिन्न क्षेत्रमा लगानी गरि सेतो धन बनाएको तर पिडितहरुले क्षतिपूर्ति पनि नपाएको, र ठग हरुलाई कारबाही पनि नभएकोभन्दै आफ्नो दुखेसो सुनाए।

    जानकार हरुका अनुसार देशै भरि संचालित उक्त नेटवर्किंग ब्यबसायमा संलग्नहरु मध्य म्याग्दीका केहि एजेन्ट (नाइके) लाइ ठगीकोमुद्धा परेर नेपाल पुलिसले रेर्ड कर्नर नोटिस पनि जारि गरेको थियो। तर ठगिमा संलग्नहरु बर्षौ विदेशमा लुकिछिपी बसी पछि देशफर्किए पनि राजनैतिक संरक्षण कारण कारबाही बाट जोगिदै आए फलस्वरूप अहिले सम्म पनि न पिडित हरुले क्षतिपुर्ति पाए न ठगिमासंलग्न हरुलाई कारबाही नै भयो। पिडित हरुले पुलिसले उक्त पुरानो गोल्ड कोइस्ट काण्डका जिल्लामा भित्र ठगिमा संलग्न हरुलाईकारबाही गरेर आफुहरुलाई क्षतिपूर्ति सहित रकम फिर्ता गर्दिय न्याय हुने बताए।

     

    केहि बर्ष पहिले युनिटी नामको त्यस्तै अर्को नेट वर्किंग ब्यबसायले पनि धेरैलाइ ठगेको थियो। त्यसैले यस्ता नेटवर्किंग ब्यबसायहरु जनता  आफै सतर्क रहन आवस्यक देखिन्छ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology