Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्याङ्जामा जिप दुर्घटना १ को निधन ४ जना घाईते

स्याङ्जामा जिप दुर्घटना १ को निधन ४ जना घाईते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २३, २०७७ आइतवार • १२:४०:१९ बजे
  • 1.4K
    SHARES
  • स्याङ्जामा जिप दुर्घटना १  को निधन ४ जना घाईते
    स्याङ्जा । स्याङ्जामा जिप दुर्घटना हुँदा १ जनाको निधन भएको छ भने ४ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार भीरकोट नगरपालिका ५ मा जिप दुर्घटना हुँदा १ जनाको पोखरा मणिपाल अस्पतालमा उपचारको क्रममा निधन भएको हो भने ४ जना घाइतेको उपचार भइरहेको छ ।

    भीरकोट नगरपालिकाको बयरघारी फाँटदेखि पकान, धान र पराल बोकेर जाँदै गरेको महेन्द्र कम्पनीको लु २ च २६९६ नम्बरको जिप आईतबार(आज) बिहान नगरपालिका – ५ स्थित हर्खौदीमा जिप अनियंत्रित भई दुर्घटना भएको हो । मृतक सोही ठाउँका १७ बर्षीय असीम सेन रहेको प्रहरीले जनाएको छ ।

    भीरकोट ५ का बर्ष ३५ का शिब सेन, बर्ष ३९ का मनोज सेन, बर्ष ५२ का दिलबहादुर सेन र बर्ष २२ को अञ्जन सेनको पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप कच्ची सडकबाट करिब ३० मिटर तल खसेर ५ जना घाइते भएका थिए । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको स्वास्थ्य उपचारको लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा लगिएको छ । चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology