Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोनाबाट पोखरामा थप ३ जनाको मृत्यु

कोरोनाबाट पोखरामा थप ३ जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २३, २०७७ आइतवार • १७:१२:५१ बजे
  • 3.0K
    SHARES
  • कोरोनाबाट पोखरामा थप ३ जनाको मृत्यु
    कोरोना भाइरस संक्रमणबाट पोखरामा थप ३ जनाको मृत्यु भएको छ ।

    कोरोना संक्रमण पुष्टि भइ होम आइसोलेसनमा बसेका १ पुरुष  र हस्पिटलमा उपचाररत २ सहित पोखरामा थप ३ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

    कार्तिक १६ गते कोरोना संक्रमण पुष्टि भइ होम आइसोलेसनमा बसेका पोखरा १३ का ९२ वर्षीय पुरुषको शनिबार मृत्यु भएको निर्देशनालयका निर्देशक डा। विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

    त्यसै गरि कोरोना संक्रमण पुष्टि भइ पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत पोखरा ८ का ६७ वर्षीय पुरुषको आइतबार बिहान १:१६ बजे र पोखरा ९ की ७५ वर्षीया महिलाको आइतबार बिहान ५ :१६ बजे उपचारको क्रममा मृत्यु भएको डा। शर्माले जनाउनुभयो।
    यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology