Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रमणीय पर्यटकिय गन्तव्य मानहुँकोटमा गुरुङ मगर रमाइलो ग्रुपले राखे डस्बिन

रमणीय पर्यटकिय गन्तव्य मानहुँकोटमा गुरुङ मगर रमाइलो ग्रुपले राखे डस्बिन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २३, २०७७ आइतवार • १८:११:१४ बजे
  • 2.3K
    SHARES
  • रमणीय पर्यटकिय गन्तव्य मानहुँकोटमा गुरुङ मगर रमाइलो ग्रुपले राखे डस्बिन
    मौसम बदलिँदो छ । बिहान बेलुकी चल्ने हावा चिसिँदै गएको छ। जाडो मौसम सुरुवातको संकेत कुहिरोले पनि दिन्छ । हाल कुहिरोकै कारण आकर्षणको केन्द्र बनेको छ तनहुँको मानुङ कोट । कोरोना भाइरस संक्रमणको महामारी र लकडाउनका कारण प्रभावित पर्यटन क्षेत्रलाई केही राहत दिँदै आन्तरिक पर्यटकको चहलपहल देखिन थालेको छ उक्त क्षेत्रमा ।
    Untitled-1.jpg

    चहलपहल बढे सँगै मानुङ कोटमा फोहरमैला पनि व्यवस्थित हुन नसकेको अवस्थामा पोखराका एक युवा समुहले मानुङ कोटमा डस्विन राखिदिएको छ । पोखरामहानगरपालिका वडा न १०१५ का गुरुङ मगर रमाइलो ग्रुपका समुहले १२ थान डस्बिन राखिदिएको हो । गुरुङ मगर रमाइलो ग्रुपका समुहका रेसम राना मगरले फेसवुक टिकटकमा सबैले मानुङ कोटको तस्विर सङसगै फोहोर मैला पनि नगरिदिनु होला भन्ने जस्ता समाचारहरु देखे पछी डस्विन नै किन न राखिदिने भन्दै सोच आएपछी साथीहरु सँग छलफल गर्दा सबैले सहयोग गरेपछी आफुहरु सफल भएको बताए ।


    समुहका अर्का सदस्य आश गुरुङले मानुङ कोटमा डस्विन राख्ने अभियान सफल रहेको बताउदै डस्बिन सौजन्य गरिदिने सवैलाई धन्यवाद दिए । गुरुङले भने उदेश्य बिनाको घुमाईको कुनै महत्व छैन ,हाम्रो उदेश्य मानहुकोटमा घुम्नुका साथ साथै डस्बिन पनि राखि त्यहाको सौन्दयलाई पनि अझै खारिदिउ भनेर अभियानको सुरुवात गरेका हौ ।

    हर कोही मानहुकोट पुगेर तस्विर टिकटक राख्न आतुर हुन्छ्न तर आफु सङै लगेका फोहोर पनि मिल्काएर जान्छन ।डस्विन राख्नुका उदेश्यपनि यही हो, अव्यबस्थीत फैलिएका फोहोरहरु केन्द्रित गरेर व्यवस्थित गर्नु । हाम्रो कामले पक्कै पनि अरुलाई पनि यस्ता कार्यमा पोत्साहन मिल्ने कुरामा विश्वास छ। व्यास ५ का वडाअध्यक्ष मोहनकुमार श्रेष्ठले डस्बिन राखिदिने समुहलाई धन्यवाद दिएका छन् । घुम्न मात्र नभई सामाजिक कार्यमा युवाहरुको सहभागिता प्रंशशनीय रहेको बताए ।

    मानुङकोट पुग्नका लागि कच्ची सडक खुलिसकेको छ। अहिले सडक स्तरोन्नतिको काम भइरहेको छ। सडक पक्की बनाउन ठेक्का सम्झौता भएर काम अघि बढिसकेको व्यास ५ का वडाअध्यक्ष मोहनकुमार श्रेष्ठ बताउँछन् । ‘यहाँ अहिले खाजाघरहरु खुलिरहेका छन् । रोड पक्की हुँदै छ,’ वडाअध्यक्ष श्रेष्ठले भने, ‘गतवर्ष हामीले छेउपट्टिको भागमा भीर भएकोले रेलिङ हाल्यौँ । उनले गण्डकी सरकार र नगरपालिका मिलेर विभिन्न पर्यटकीय संरचना बनाउने, पर्यटकीय गतिविधिका कार्यक्रमहरू पनि गर्ने तयारीमा रहेको बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology