Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

घरमा लुकाइ राखेको बन्दुकसहित स्याङ्जाका भिम गुरुङ पक्राउ

घरमा लुकाइ राखेको बन्दुकसहित स्याङ्जाका भिम गुरुङ पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २४, २०७७ सोमवार • १३:०९:१७ बजे
  • 2.0K
    SHARES
  • घरमा लुकाइ राखेको बन्दुकसहित स्याङ्जाका भिम गुरुङ पक्राउ
    पोखरा - स्याङ्जा प्रहरीले भरुवा बन्दुक सहित एक जनालाई प्रकाउ गरेको छ ।

    इजाजत बिनाको एक नाले भरुवा बन्दुक एउटा, भरुवा बन्दुकको नाल २ वटा, फलाम र सिसाको जस्तो देखिने छर्रा १२ वटा, फलामको टुक्रा सानो ठूलोगरी २३ वटा र बारुद ५५ ग्राम घरमा लुकाई रहेको अवस्थामा बिरुवा गाउँपालिकाका २३ वर्षीय भीमबहादुर गुरुङलाई प्रकाउ गरिएको  प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।

    इजाजतपत्र बिनाको हातहतियार राखेको भन्ने सूचनाका आधारमा उनको घरमा खोजतलास गर्दा गोठमा रहेको काठको खलिया माथि घाँस र मकैको सुकेको डाठभित्र लुकाइ राखेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। 

    हतियारसहित गुरुङलाई अदालतले आइतबार दिउँसो ७ दिनको म्याद थपगरी अनुसन्धान कार्य भइरहेको प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # भरुवा बन्दुक
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology