Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप ४ जना कोरोना संक्रमितको पोखरामा निधन

थप ४ जना कोरोना संक्रमितको पोखरामा निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २४, २०७७ सोमवार • १६:३१:३५ बजे
  • 2.6K
    SHARES
  • थप ४ जना कोरोना संक्रमितको पोखरामा  निधन
    आश तमु पोखरा – पोखरामा थप ४ जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले जारी गरेको प्रेसनोटमा आइतवार बेलुका ३ जना र सोमबार बिहान १ जना गरी ४ जनाको निधन भएको जानकारी दिए । निधन हुनेमा २ महिला र २ पुरुष रहेका छन ।

    निर्देशानलयका अनुसार निधन हुनेमा पोखरा महानगरपालिका वडा न १७ का ७४ वर्षीय महिला रहेका छन । उनको २३ गते आइतवार बेलुका ६ :१८ मा गण्डकी मेडिकल कलेजमा निधन भएको हो । उनलाई २३ गतै नै कोरोना पुष्टि भएको थियो ।

    गण्डकी मेडिकलमै अर्का सोमवार बिहान पोखरा ११ का ६० बर्षीय पुरुषको निधन भएको छ । १६ गते कोरोना पुष्टि भएका उनको बिहान १० :१३ मा निधन भएको हो ।

    यसै गरी फिष्टेल अस्पतालमा अर्का कोरोना संक्रमित पोखरा १० का ८६ बर्षीय पुरुषको निधन भएको छ । १९ गते कोरोना पुष्टि भएका उनकोसोमबार बेलुका ११ :४१ मा निधन भएको हो ।

    यसै गरी सोमबार बेलुका नै मणिपाल शिक्षण अस्पतालमा ८२ बर्षीय महिलाको निधन भएको हो । उनको सोमबारबेलुका ६ :५० मा निधन भएको हो भने उनलाई आइतवार २२ गते मात्र कोरोना पुष्टि भएको थियो ।

    यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट निधन हुनेको सङ्ख्या १११ पुगेको छ ।
    124199709_197351845105934_425509749712309507_o.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology