Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँको कोत्रेमा लागुअौषध सहित तीन युवा प्रकाउ

तनहुँको कोत्रेमा लागुअौषध सहित तीन युवा प्रकाउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २५, २०७७ मंगलवार • १३:५९:५१ बजे
  • 2.2K
    SHARES
  • तनहुँको कोत्रेमा लागुअौषध सहित तीन युवा प्रकाउ
    आश तमु पोखरा -  विभिन्न लागूऔषधसहित ३ जनालाई तनहुँ प्रहरीले प्रकाउ गरी कानुनी कारवाही अगाडी बढाएको छ । 

    २४ गते शुक्लागण्डकी नगरपालिका-४ कोत्र स्थित गस्ति गर्ने क्रममा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा उनीहरुलाई प्रकाउ गरेको ईलाका प्रहरी कार्यालय बेलचौंतारा तनहुँले जनाएको छ ।

    प्रकाउ पर्नेमा तनहुँको व्यास नगरपालिका-४ बस्ने २१ वर्षिय सन्तोष गुरुङ, शुक्लागण्डकी नगरपालिका-५ बस्ने ३० वर्षिय मनोज क्षेत्री र गोरखा जिल्लाको आरुपोखरीथोक घर भई तनहुँको शुक्लागण्डकी नगरपालिका-२ हलेदी बस्ने ३० वर्षिय रवि गुरुङ रहेका छन । 

    पक्राउ परेका उनिहरुको साथबाट प्रहरीले लागूऔषध डाईजापाम-१०४ एम्पुल, नुफिन-८९ एम्पुल र फेनरागन-९३ एम्पुल गरि जम्मा २८६ एम्पुल लागूऔषध फेला पारि बरामद गरेको छ । 
    पक्राउ परेका सबैजना उपर लागूऔषध अन्तर्गत मुद्धा दर्ता गरि घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # लागु औषध
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology