Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विपरित दिशावाट आएको ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ घटनास्थलमै तीन जनाको मृत्‍यु

विपरित दिशावाट आएको ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ घटनास्थलमै तीन जनाको मृत्‍यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २६, २०७७ बुधवार • ०९:४९:४९ बजे
  • 1.7K
    SHARES
  • विपरित दिशावाट आएको ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ घटनास्थलमै तीन जनाको मृत्‍यु
    दाङमा विपरित दिशावाट आएको ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ घटनास्थलमै तीन जनाको मृत्‍यु भएको छ।

    मंगलबार राती दाङको देउखुरीस्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–४ मौरीघाटमा ट्रकको ठक्करबाट ३ जनाको मृत्यु भएको हो । मृत्‍यु हुनेमा राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहामगर, २ लालमटियाका १८ वर्षीय कसम पुनमगर र ८ पिपरीका १८ वर्षीय दिनेश घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुमित खड्काले बताए ।

    मंगलबार साँझ करिब साढे ७ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा५प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको खड्काले बताए । 

    ट्रक पनि अनियन्त्रित भएर खोल्सामा पल्टिएको छ । प्रहरीले दुर्घटनाको कारण अझै पत्ता लाग्न नसकेको र १८ बर्ष मुनिका तिन जना एउटै बाइकमा चढेको देखिएकाले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology