Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दीमा पौडी खेल्दा नदीमा डुबेर वेपत्ता किशोरको शव फेला

म्याग्दीमा पौडी खेल्दा नदीमा डुबेर वेपत्ता किशोरको शव फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २६, २०७७ बुधवार • १२:२७:२७ बजे
  • 3.8K
    SHARES
  • म्याग्दीमा पौडी खेल्दा नदीमा डुबेर वेपत्ता किशोरको शव फेला
    म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा नदीमा डुबेर एक किशोरको ज्यान गएको छ।

    म्याग्दी नदीमा डुबेर बेपत्ता भएका टिकावाङका १६ वर्षीय शङ्कर विकको शव आज बिहान फेला परेको हो। सशस्त्र प्रहरी बल आश्रित गुल्म म्याग्दीका प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङले पोखरास्थित कालिका गणबाट आएको गोटाखोर टोलीले तलाउबाट शंकरको शव निकालेको बताए।

    उनका अनुसार १२–१५ फिट गहिरो तलाउबाट शव निकालिएको छ। छिसबाङस्थित म्याग्दी नदीमा सोमबार पौडी खेल्ने क्रममा उनी बेपत्ता भएका थिए।

    नेपाल प्रहरी र स्थानीयवासीले खोजी गर्दा नभेटिएपछि गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमार्फत गोटाखोर टोली मगाइएको थियो।

  • सम्बन्धित विषय:

  • # डुबेर
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology