Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गोली प्रहार गरी युवतीको हत्या

गोली प्रहार गरी युवतीको हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २७, २०७७ बिहिवार • १३:२७:३७ बजे
  • 1.3K
    SHARES
  • गोली प्रहार गरी युवतीको हत्या

    रौतहटको माधवनारायण नगरपालिकामा गोली प्रहार गरी युवतीको हत्या भएको छ । लौकाहामा गएराति गोली प्रहारबाट एक युवतीको ज्यान गएको प्रहरीले जनाएको छ ।

    images

    गोली लागेर १८ वर्षीय युवती अमृताकुमारी शाहको निधन भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उनको टाउकोमा गोली लागि मृत्यु भएको अवस्थामा शव भेटिएको हो ।

    शाहको गत फागुनमा सर्लाहीका रुपेश शाहसँग विवाह भएको थियो । घरमा श्रीमानसँग सम्बन्ध राम्रो नभएपछि उनी माइतमा बस्दै आएकी भिइन् ।

    घटनाको जानकारी पाएलगत्तै जिप्रका रौतहटको टोलीले घटनास्थलमा पुगी अनुसन्धान सुरु गरेको छ । अनुसन्धानमा कुकुरसमेत प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology