Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार ।

आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार ।

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २८, २०७७ शुक्रवार • ०८:११:४१ बजे
  • 1.2K
    SHARES
  • आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार ।
    आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार । बिहानैदेखि यमराजको दूतका रुपमा कागलाई मीठा चीजबीज खान दिएर यो पर्व मनाइँदै छ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रुपमा आज शुक्रबारलाई यो पर्व निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिए । उनका अनुसार यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ । काग घरवरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । लोकमा उक्ति छ काकेन दधि भक्षितम्अर्थात् कागलाई दहीभात मीठो लाग्छ । आजको दिन कागलाई दहीभात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने विश्वास गरिन्छ । यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका १ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ । यसै गरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजाआराधना गरिन्छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology