Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

युवतीहरुलाई प्रलोभन देखाएर पोखरा ल्याई बेश्यावृत्ति गराउने तीन जना पक्राउ

युवतीहरुलाई प्रलोभन देखाएर पोखरा ल्याई बेश्यावृत्ति गराउने तीन जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २८, २०७७ शुक्रवार • १३:२५:२२ बजे
  • 1.8K
    SHARES
  • युवतीहरुलाई प्रलोभन देखाएर पोखरा ल्याई बेश्यावृत्ति गराउने तीन जना पक्राउ
    युवतीहरुलाई बिदेशमा राम्रो काम लगाइदिने प्रलोभन देखाएर पोखरा ल्याई बेश्यावृत्ति गराउने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

    हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका अभियुक्तहरुमा कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १ खिलाङ्ग निवासी २९ वर्षीय जिवन नेपाली, काभ्रे जिल्ला पाँचखाल ४ तामाघाट निवासी २६ वर्षीय आशिष भुजेल र पोखरा महानगरपालिका वडा नं. ४ बगालेटोल निवासी ३० वर्षीया अन्जु गुरुङ रहेका छन्।

    उनीहरुबिरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले मानव बेचबिखन तथा ओसारपोसार सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको कास्की प्रहरीका प्रबक्ता डिएसपी सुबाश हमालले जानकारी दिए।

    डिएसपी हमालका अनुसार, उनीहरुले मासिक १/२ लाख नेपाली रुपैया कमाउन सकिने देश पठाइदिने प्रलोभन देखाई पोखराको लेकसाइडस्थित एउटा घरमा राखेर जबरजस्ती वेश्यावृत्ति गराउंदै आएका थिए। उनीहरुविरुद्ध प्रहरीमा उजुरी परेपछि प्रहरीले छापा मार्दा वेश्यावृत्ति गराउने कार्यमा संलग्न रहेको देखिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको दाबी छ।

  • सम्बन्धित विषय:

  • # बेश्यावृत्ति
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology