Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा राती भाँडा पसल फोडेर भाँडाकुँडा र नगद चोरी गर्ने दुई जना तनहुँमा प्रकाउ

पोखरामा राती भाँडा पसल फोडेर भाँडाकुँडा र नगद चोरी गर्ने दुई जना तनहुँमा प्रकाउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २८, २०७७ शुक्रवार • १३:३०:३८ बजे
  • 2.3K
    SHARES
  • पोखरामा राती भाँडा पसल फोडेर भाँडाकुँडा र नगद चोरी गर्ने दुई जना तनहुँमा प्रकाउ
    राती भाँडा पसल फोडेर काँचका भाँडाकुँडा र नगद चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

    वडा प्रहरी कार्यालय बैदाम पोखराले पक्राउ गरेका अभियुक्तहरुमा तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं -७ घर भई हाल पोखरा -९ पृथ्बीचोक बस्दै आएका १९ वर्षीय सुजन तामाङ र सोही ठेगाना भएका १९ वर्षीय मनिष खड्का रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

    प्रहरीका अनुसार, उनीहरुले गत कार्तिक १९ गते बिहान ५:३० बजेको समयमा पोखरा महानगरपालिका -६ स्थित गंगाधर दवाडीले संचालन गरेको भाँडापसलको सटर फोडेर काँचको कचौरा एकसय २० थान, काँचको थाल सात थान र नगद तीस हजार समेत चोरेर भागेका थिए ।

    पसल चोरी गरेर भागेका उनीहरुलाई प्रहरीलें चोरीका सामाग्रीसहित पक्राउ गरेको बताइएको छ। प्रहरीले पोखरा -६ शान्तिपाटनबाट चोरिएका सामान कांचको कचौरा ६७ वटा , काँचको थाल ४ वटा र नगद नौ हजार छ सय सहित उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ परेका दुवै जनामाथि चोरी तथा डाँका कसूर अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # भाँडाकुँडा र नगद चोरी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology