Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भर्खरै जन्मिएको शिशु फालिएको अवस्थामा फेला

भर्खरै जन्मिएको शिशु फालिएको अवस्थामा फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २८, २०७७ शुक्रवार • १३:३५:५६ बजे
  • 2.0K
    SHARES
  • भर्खरै जन्मिएको शिशु फालिएको अवस्थामा फेला
    सप्तरी ।  शुक्रबार भर्खरै जन्मिएको शिशु फालिएको अवस्थामा फेला परेको छ ।

    सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ जाँजरस्थित खडक खोलामा फालिएको अवस्थामा नवजात शिशु फेला परेको प्रहरीले जनाएको छ । फेला परेका शिशु छोरा हुन् ।

    शिशु २४ घण्टाअघि जन्मिएको जस्तो देखिएको इलाका स्वास्थ्य चौकी बोदे बर्साईनका प्रमुख एयुब राईनले बताए ।

    शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको र थप उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाइएको उनले बताए ।

    स्थानीय बासिन्दाले खबर गरेपछि इलाका प्रहरी कार्यालय बोदे बर्साईनको टोली घट्नास्थलमा पुगी शिशुलाई ल्याएर स्वास्थ्य कार्यालयको जिम्मा लगाएको हो ।

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology