Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बैतडी बस दुर्घटना : मृतकको सनाखत (नामावलीसहित)

बैतडी बस दुर्घटना : मृतकको सनाखत (नामावलीसहित)

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २८, २०७७ शुक्रवार • १३:४२:५२ बजे
  • 1.1K
    SHARES
  • बैतडी बस दुर्घटना :  मृतकको सनाखत (नामावलीसहित)
    दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका-८ खोड्पेमा बिहीबार राति भएको बस दुर्घटनाका मृतकको सनाखत भएको छ। दुर्घटनामा मृत्यु भएका सबै, नौ जना र घाइते ३४ जनाको पहिचान खुलेको बैतडी प्रहरीले जनाएको छ।


    मृत्यु हुनेमा बैतडीको दोगडाकेदार–६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार–६ सित्तडकै २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी, दार्चुलाको लेकम–४ का र्तकराज गिरी र कञ्चनपुरको भिमदत्त नगरपालिका–८ तिलाचौरका १५ वर्षीया कृतिका कार्की रहेका छन्।

    दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ का जगन्नाथ ओझा, कञ्चनपुरको भीमदत्त नगरपालिका–१० विजना धामी, कैलालीको धनगढी उपमहानगरपालिका–४ का नरेन्द्र चौधरी र धनगढी उपमहानगरपालिका–१८ का ऋषिराम चौधरीको सोही दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक जनकबहादुर धामीले बताए। 

    मृतकमध्ये कृतिका कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भने अन्य ८ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते १२ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।  घाइते १२ जनाको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ।

    बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको थियो। सानो घुम्तीबाट बस करीब ६०० मिटर तल खसेको छ।

    साहु समेत रहेका चालक बैतडीको दोगडाकेदार–७ खोचलेकका विरेन्द्र कार्की समेत घाइते छन्। उनका अनुसार अनुसार स्टेरिङ नघुम्दा दुर्घटना भएको हो।

    घाइतेहरू

    दुर्घटनामा परि बैतडी दोगडाकेदार–७ का २८ वर्षिय चालक तथा साहु वीरेन्द्र कार्की, कञ्चनपुर बेलौरी–७ का २४ वर्षिया बिमला कुँवर, उनका २ वर्षीय छोरा नितेश कँुवर, कञ्चनपुर भीमदत्त–६ का २४ वर्षिया दीपा चन्द, बैतडी दोगडाकेदारका २२ वर्षिया बिमला बडू (जोशी), उनका २ वर्षीय छोरा सुशांक जोशी, बैतडी डिलासैनी–१ का २० वर्षिय जनक धानुक भएका छन्।

    यस्तै, दार्चुला शैल्यशिखर–८ का धनसिंह खत्री, दार्चुला मर्मा–२ का २४ वर्षीया जानकी सिंह, बैतडी डिलासैसी–४ का ३३ वर्षीय लोकेन्द्र बोहरा, अछाम चौरपाटी–४ का २० वर्षीय अमृत कुमाल, कैलाली गौरीगंगा–११ का २५ वर्षीय वीरेन्द्र चौधरी, कैलाली फूलबारीका २३ वर्षीय लोकेन्द्र बस्नेत, बैतडी पुर्चौडीका २५ वर्षी सुरज लुहार, कञ्चनपुर भीमदत्त–२ का २५ वर्षीय दशरथ गिरी, कञ्चनपुर शुक्लाफाँटा–६ का ६५ वर्षीया रमादेवी धामी पनि घाइते भएका प्रहरीले जनाएको छ। 

    बैतडी दोगडाकेदार–७ का २७ वर्षीय अमृत बिक, शुक्लाफाँटा–६ का ५५ वर्षीय हर्कबहादुर धामी, दार्चुला सिप्टी–४ का पुरन टमटा, काठमाडौंका १९ वर्षीय अजी लामा, धगगढी–१८, फूलबारीका ३५ वर्षीय दिनेश चौधरी, २२ वर्षीय विशाल घर्ती मगर, काठमाडौं गोकर्णेश्वर–४ का २२ वर्षीय कर्णबहादुर विष्ट, बैतडी दोगडाकेदार–७ का २२ वर्षीय नितेश भट्ट काठमाडौंका २२ वर्षीया अस्मिता विष्ट पनि घाइते भएका छन्।

    कञ्चनपुर भीमदत्त–१ का ३५ वर्षीया नरेश पन्त, दार्चुला लेकम–२ का ५९ वर्षीय बलदेव सिंह कार्की, कैलाली गोदावरी–२ का २९ वर्षीय यज्ञराज कठायत, कञ्चनपुर बेलडाँडी–३ का २२ वर्षीय नरेन्द्रसिंह साउँद, कञ्चनपुर भीमदत्त–८ का ३० वर्षीया कल्पना कार्की, ६ वर्षीय कौशल साउँद, कैलाली गोदावरी–३ का वेदप्रकाश धामी, दार्चुला शैल्यशिखर–८ का २७ वर्षीय रमेश खत्री र दार्चुला मार्मा–२ का ३ वर्षीया सिम्रन सिंह रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # बैतडी बस दुर्घटना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology