Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दीपावलीको दिन बालिएको दियोबाट आगालागी, १५ वर्षीया छोरी मनाकुमारी साहको मृत्यु

दीपावलीको दिन बालिएको दियोबाट आगालागी, १५ वर्षीया छोरी मनाकुमारी साहको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ३०, २०७७ आइतवार • १९:०१:४७ बजे
  • 1.6K
    SHARES
  • दीपावलीको दिन बालिएको दियोबाट आगालागी, १५ वर्षीया छोरी मनाकुमारी साहको मृत्यु
    पर्सामा दीपावलीको दिन बालिएको दियोबाट बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरीमा आगालागी भएको छ। रामनगरीका मनबोध साहको घरमा आगलागी हुदाँ उनकी १५ वर्षीया छोरी मनाकुमारी साहको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ।

    शनिवार राति १० बजेको समयमा दीपावलीको लागि बालिएको दियोबाट आगो सल्केर फुसको घरमा आगलागी भएको बताइएको छ। उक्त घरमा मनबोधकी एक्ली छोरी सुतिरहेको अवस्थामा आगलागी भएकोले घरमै जलेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

    परिवारका अन्य सदस्य फुसको घर नजिकै खपडाको अर्के घरमा सुतिरहेकोले बाँचेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। आगलागीमा परी घर, लत्ताकपडा, अन्न, गरहना, नगद गरी कुल ५ लाख बराबरको क्षति भएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी मनोजित कुँवरले जानकारी दिए।

    आगलागी भएको दुई घण्टापछि पोखरीया र वीरगंजबाट गएको वारुण यन्त्रले आगलागी नियन्त्रणमा लिएको थियो। मृतक मनाकुमारी साहको शव पोस्टमार्टम पछि परिवारजनको जिम्मा लिगाइएको पर्सा प्रहरीले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # दीपावली
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology