Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

झापामा मैनबत्तीबाट सल्किएर भएको आगलागीमा परी सात वर्षीया छोरी रेजुका परियारको मृत्यु

झापामा मैनबत्तीबाट सल्किएर भएको आगलागीमा परी सात वर्षीया छोरी रेजुका परियारको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर १, २०७७ सोमवार • १०:३४:३८ बजे
  • 1.5K
    SHARES
  • झापामा मैनबत्तीबाट सल्किएर भएको आगलागीमा परी सात वर्षीया छोरी रेजुका परियारको मृत्यु
    झापाको कमल गाउँपालिकामा गएराति एक बालिकाको मैनबत्तीबाट सल्किएर भएको आगलागीमा परी मृत्यु भएको छ । कमल–२ स्थित थापा गाउँका ध्रुव परियारकी सात वर्षीया छोरी रेजुका परियारको जलेर मृत्यु भएको हो । 


    बुबाआमा घरबाहिर रहेको र छोरी रेजुका मात्रै घरभित्र सुतिरहेको अवस्थामा राति ९ बजेतिर अचानक मैनबत्तीबाट आगो सल्किएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ  । आगो दन्किएपछि घरभित्र रहेकी बालिकालाई बाहिर निकाल्न नसक्दा घटनास्थलमै बालिकाको मृत्यु हुन पुगेको प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।


    आगलागीबाट परियारको इँटाको गारो र टिनको छानो पूर्णरूपमा जलेर नष्ट हुँदा करिब रु १५ लाख बराबरको क्षति भएको छ । 

    आगो निभाउने क्रममा ग्यास सिलिण्डर पड्किएर स्थानीय २२ वर्षीय राम टुडु सामान्य घाइते  भएका छन् । स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको आएको प्रनाउ पण्डितले बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology