Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङ जैमिनी पैँयुथन्थापमा विद्युत चुहिएर लागेको आगोले एक घरगोठ जलेर नष्ट,करिब रु १० लाखको क्षति

बागलुङ जैमिनी पैँयुथन्थापमा विद्युत चुहिएर लागेको आगोले एक घरगोठ जलेर नष्ट,करिब रु १० लाखको क्षति

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर १, २०७७ सोमवार • १८:०७:२७ बजे
  • 1.3K
    SHARES
  • बागलुङ जैमिनी पैँयुथन्थापमा विद्युत चुहिएर लागेको आगोले एक घरगोठ जलेर नष्ट,करिब रु १० लाखको क्षति
    बलेबा।बागलुङको जैमिनी नगरपालिका–९ पैँयुथन्थापमा आइतबार साँझ आगलागी हुँदा एक घरगोठ जलेर नष्ट भएको छ । पैँयुथन्थापका ललितादेवी सर्कीनीको घर र सोही ठाउँमा बस्ने मनबहादुर नेपालीको गोठ जलेको हो । ढुङ्गा माटोले बनेको कच्ची घरगोठ जलेका हुन् ।

    ललिताको घरमा विद्युत चुहिएर लागेको आगोले छेवैमा रहेको गोठसमेत समातेको स्थानीयले बताए । आगलागीबाट घरमा रहेका लत्ता कपडा, अन्नपात सबै जलेका छन् । केही नगद र गरगहनासमेत जलेको पीडित सर्कीनीले बताउनुभयो ।

    साँझको समयमा घरमा आगलागी भएका घरमा बस्नेहरुले भने भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । गोठमा रहेका पशु चौपायलाई समेत दाम्लो काटेर जोगाइएको स्थानीय बबिन शर्माले बताउनुभयो । उहाँका अनुसार घरगोठ जल्दा करिब रु १० लाखको क्षति भएको छ ।

  • सम्बन्धित विषय:

  • # आगलागी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology