Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमित बिरामीहरुको उपचारको क्रममा कोभिड-१९ संक्रमण भएर दुई जना चिकित्सकको निधन

कोरोना संक्रमित बिरामीहरुको उपचारको क्रममा कोभिड-१९ संक्रमण भएर दुई जना चिकित्सकको निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर १, २०७७ सोमवार • १८:२१:०२ बजे
  • 1.4K
    SHARES
  • कोरोना संक्रमित बिरामीहरुको उपचारको क्रममा कोभिड-१९ संक्रमण भएर दुई जना चिकित्सकको निधन
    कोरोना संक्रमित बिरामीहरुको उपचारको क्रममा कोभिड-१९ संक्रमण भएर दुई जना चिकित्सकहरुको निधन भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिरामीहरुको उपचारका क्रममा कोरोना संक्रमण भएर वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सुनिल झा र नारायणबहादुर थापाको निधन भएको हो । 

    डाक्टर सुनिल झा चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक समेत हुन् । यस्तै डाक्टर थापा नेपाल बर्न सोसाइटी तथा इशान हस्पिटलका अध्यक्ष हुन् ।

    डाक्टर झाको सोमबार बिहान र डाक्टर थापाको आइतबार राति निधन भएको मन्त्रालयले जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले चिकित्सकहरुको निधनबाट देशलाई ठूलो क्षति पुगेको जनाउँदै समवेदना प्रकट गरेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology