Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लमजुङको दोर्दी सिख्रेभिर नजिकै किसेदी खोलामा जीप दुर्घटना एकको मृत्यु ११ जना घाइते

लमजुङको दोर्दी सिख्रेभिर नजिकै किसेदी खोलामा जीप दुर्घटना एकको मृत्यु ११ जना घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर ३, २०७७ बुधवार • ०८:५०:०४ बजे
  • 1.9K
    SHARES
  • लमजुङको दोर्दी सिख्रेभिर नजिकै किसेदी खोलामा जीप दुर्घटना एकको मृत्यु ११ जना घाइते
    लमजुङको दोर्दी गाउँपालिका-४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ११ जना घाइते भएका छन्।

    सुन्दरबजार नगरपालिकाबाट दोर्दी–५ पाचोक जाँदै गरेको ग१ज ७१२७ नम्बरको जीप मङ्गलबार साँझ दुर्घटना हुँदा पाचोककै ७० वर्षीय सोनी गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनका अनुसार जीप दुर्घटनामा घाइते गुरुङको स्थानीय मेडिकलमा उपचारका क्रममा मृत्यु भएको हो। ११ जना घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। सात जना घाइतेको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार गम्भीर घाइते हुनेहरुमा सोही गाउँपालिका ५ का १५ वर्षीय निराजन गुरुङ, १७ वर्षीय सुरेश गुरुङ, २० वर्षीय प्रकाश गुरुङ र वडा नं ४ का ४८ वर्षीय पञ्चबहादुर तामाङ रहेका छन्।

    रातिको समयमा साँघुरो र अप्ठ्यारो सडकमा कुनाबाट जानुपर्ने जिप सडक छेउबाट जाँदा दुर्घटना भएको प्रहरी निरीक्षक पुनको भनाइ छ। जीप सडकबाट १५ मिटर तल किसेदीखोलामा खसेको छ।

  • सम्बन्धित विषय:

  • # जीप दुर्घटना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology