Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा थप ३ जना कोरोना संक्रमितको निधन,को कहाँका ?

पोखरामा थप ३ जना कोरोना संक्रमितको निधन,को कहाँका ?

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर ३, २०७७ बुधवार • १५:४३:२७ बजे
  • 3.8K
    SHARES
  • पोखरामा थप ३ जना कोरोना संक्रमितको निधन,को कहाँका ?
    पोखरामा थप ३ जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेश अनुसार निधन हुनेमा दुई जना पुरुष र एक महिला रहेका छन ।

    पोखरा महानगरपालिका वडा नम्बर ३ का ८३ वर्षीय वृद्धको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा ज्यान गएको हो । उनलाई कार्तिक २९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

    पोखरा १७ की ७८ वर्षीय महिलाले समेत कोरोना संक्रमणबाट ज्यान गुमाएकी छिन् । उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार १ बजेर ५० मिनेट जाँदा ज्यान गएको हो । उनलाई कार्तिक २७ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर १३ का ४६ वर्षीय पुरुषको बुधबार बिहान ३ बजे ज्यान गएको हो । उनलाई कार्तिक २५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

    यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय २७ पुगेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology