Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

क्याम्प फायरका लागि तनहुँको मानहुँकोट पुगेका १ जना युवकको सुतेकै अवस्थामा मृत्‍यु

क्याम्प फायरका लागि तनहुँको मानहुँकोट पुगेका १ जना युवकको सुतेकै अवस्थामा मृत्‍यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर ३, २०७७ बुधवार • १५:४६:४० बजे
  • 4.8K
    SHARES
  • क्याम्प फायरका लागि तनहुँको मानहुँकोट पुगेका १ जना युवकको सुतेकै अवस्थामा मृत्‍यु
    क्याम्पफायरका लागि तनहुँको मानहुँकोट पुगेका १ जना युवकको ज्यान गएको छ । तनहु जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ७ स्याउली बजारका सागर थापाको मानहुँकोटमा सुतिरहेकै अवस्थामा ज्यान गएको हो ।

    ३५ वर्षीय थापा आफ्ना अन्य साथीहरुसंग मिलेर मंगलबार क्याम्पफायरका लागि मानहुँकोट पुगेका थिए । रातमा क्याम्प फायर गरेर थापासंगै गएका साथीहरु आज बिहान घुम्न गएपनि थापा सुतेका थिए ।

    प्रहरीका अनुसार थापा बिहान ११ बजेसम्म पनि नउठेपछि उठाउन जाँदा मृत अवस्थामा भेटिएका हुन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    यसै गरी आज बिहान नै मानहुँकोटमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् ।

    पोखराबाट मानहुँकोट जाँदै गरेको ग१ख २९४२ नंको हायस माइक्रो मानहुँकोट पुग्ने बेला ढलान गरेको सडकबाट तल खस्दा पोखरा महानगरपालिका तल्लो गगनगौडा बस्ने २८ वर्षीया सुनिता गुरुङको मृत्यु भएको हो । उनको दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिए।

    उनका अनुसार दुर्घटनामा पाँच जना घाइते भएका छन् । माइक्रो सडकदेखि अन्दाजी ६०० मिटर तल खसेको छ ।

  • सम्बन्धित विषय:

  • # मानहुँकोट
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology