Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मोटरसाइकल अनियन्त्रित भई त्रिशूली नदीमा खस्दा पर्वतका एक युवाको मृत्‍यु अर्का घाइते

मोटरसाइकल अनियन्त्रित भई त्रिशूली नदीमा खस्दा पर्वतका एक युवाको मृत्‍यु अर्का घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर ४, २०७७ बिहिवार • ०८:४५:५१ बजे
  • 1.5K
    SHARES
  • मोटरसाइकल अनियन्त्रित भई त्रिशूली नदीमा खस्दा पर्वतका एक युवाको मृत्‍यु अर्का घाइते
    नारायणगढ–मुग्लिन सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । 


    इच्छाकामना गाउँपालिका–६ चेपाङडाँडास्थित सडकबाट मोटरसाइकल अनियन्त्रित भई त्रिशूली नदीमा खस्दा सो दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार पर्वत जिल्ला कुश्मा नगरपालिका–१४ का २६ वर्षीय भेषबहादुर क्षेत्री रहेका छन् । सोही ठाउँ बस्ने मोटरसाइकल चालक अनिल विक गम्भीर घाइते भएका छन् । 


    नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग७प २०२३ नम्बरको मोटरसाइकल साँझ ५ः५० बजेको समयमा अनियन्त्रित भई सडकदेखि ५० मिटर तल त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ । 

    घटनामा परी गम्भीर घाइते क्षेत्रीको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचारका क्रममा साँझ ६ः४० बजे मृत्यु भएको हो । गम्भीर घाइते विकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology