Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा थप तीन जना कोरोना संक्रमितहरुको निधन

पोखरामा थप तीन जना कोरोना संक्रमितहरुको निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर ४, २०७७ बिहिवार • १४:०२:३१ बजे
  • 2.4K
    SHARES
  • पोखरामा थप तीन जना कोरोना संक्रमितहरुको निधन
    बिहिवार पोखरामा थप तीन जना कोरोना संक्रमितहरुको निधन भएको छ । स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशका अनुसार निधन हुनेमा २ महिला र एक पुरुष छन ।

    पोखरा महानगरपालिका १७ की ७५ वर्षीया महिला,वडा ९ की ८३ वर्षीया महिला र लमजुङ बेँसीशहर नगरपालिका ५ का ७१ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो।

    पोखरा महानगरपालिका १७ की ७५ वर्षीया संक्रमित महिलालाई २४ गते कोरोना पुष्टि भएको थियो। उनलाई निमोनिया, उच्च रक्तचाप र मधुमेह जस्ता दीर्घरोगी थिइन्। उनको आज बिहान पौने ४ बजे गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो।

    सोही नगरपालिका ९ की ८३ वर्षीय संक्रमितलाई २५ गते कोरोना पुष्टि भएको थियो। उनलाई पनि उच्च रक्तचाप, दमको समस्या र निमोनिया रहेको थियो। उनको फिस्टेल हस्पिटल तथा रिसर्च सेन्टर प्रालिमा आज बिहान साढे ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

    त्यसैगरी, बेँसीशहर नगरपालिका ५ का ७१ वर्षीय पुरुषलाई २८ गते कोरोना पुष्टि भएको थियो। मृतक पुरुषमा दीर्घ रोग निमोनिया र गम्भीर अवस्थाको हेपाटाइटिस थियो। बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ गते बेलुका पौने ७ बजे मृत्यु भएको हो।यो सँगै कास्कीमा कोरोना संक्रमणका मृत्यु हुनेको संख्या ३७ पुगेको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology