Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बागलुङमा घरमा कोही नभएको मौका पारी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

बागलुङमा घरमा कोही नभएको मौका पारी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर ७, २०७७ आइतवार • १५:३१:३८ बजे
  • 1.4K
    SHARES
  • बागलुङमा घरमा कोही नभएको मौका पारी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
    बागलुङ — घरमा कोही नभएको मौका छोपेर बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

    काठेखोला गाउँपालिकाका २६ वर्षीय भुवन केसीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए । गत शुक्रबार बेलुकी केसीले १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको पीडित परिवारले जनाएको छ । बालिकाले रोइकराइ गरेपछि परिवारका सदस्यले थाहा पाएका थिए । परिवारका सदस्यहरु बालिकाको उद्धारमा पुग्दा ती युवक भागेको पीडितका आफन्तले बताए ।

    अभिभावकले तत्कालै खबर गरेपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउपछि अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

    पक्राउ परेका युवालाई म्याद थप गरेर अनुसन्धान र कारबाही पक्रिया अगाडि बढाइने उनले बताए । पीडित बालिकाको स्थानीय स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गरिसकिएको छ ।

  • सम्बन्धित विषय:

  • # जबरजस्ती करणी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology