Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तनहुँकी कोरोना संक्रमित महिलाको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु

तनहुँकी कोरोना संक्रमित महिलाको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर ७, २०७७ आइतवार • १५:३८:३७ बजे
  • 1.1K
    SHARES
  • तनहुँकी कोरोना संक्रमित महिलाको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु
    पोखरा - तनहुँकी कोरोना संक्रमित एक जना महिलाको उपचारको क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको छ ।

    मेडिकल कलेजका निर्देशक प्रा। डा। दयाराम लम्सालका अनुसार तनहुँको व्यास नगरपालिका–८ की ५४ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

    श्वासप्रश्वासमा समस्या आएपछि उनी कात्तिक २९ गते मेडिकल कलेजमा भर्ना भएकी थिइन् । सोही दिन कोरोना संक्रमण पुष्टि भएपछि कोभिड आईसीयू कक्षको भेन्टिलेटरमा राखेर उपचार थालिए पनि आइतबार बिहान ११ः१६ बजे उनको मृत्यु भएको डा। लम्सालले बताए ।

    डा। लम्सालका अनुसार उनी उच्च रक्तचाप, मधुमेह र मिर्गौला सम्बन्धी रोगले समेत पीडित थिइन् ।

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमित
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology