Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बागलुङको बडिगाड गापामा जीप दुर्घटना,१ बर्षीय बालक सहित आमाको मृत्यु

बागलुङको बडिगाड गापामा जीप दुर्घटना,१ बर्षीय बालक सहित आमाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर ८, २०७७ सोमवार • ११:३८:१० बजे
  • 1.6K
    SHARES
  • बागलुङको बडिगाड गापामा जीप दुर्घटना,१ बर्षीय बालक सहित आमाको मृत्यु
    बागलुङ-  आज बिहान  बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिकामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको पिक अप जीप बडिगाड–६ सुरखुरेमा दुर्घटना हुँदा अन्दाजी २२ वर्षीया टेकमाया रोका र उहाँको एक वर्षीय छोराको मृत्यु भएको छ ।

    दुर्घटनामा अन्दाजी ६० वर्षीया मनकुमारी रोका घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रहरीचौकीका इञ्चार्ज प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो ।

    प्रहरी निरीक्षक भण्डारीका अनुसार जीपमा सामान लाद्ने क्रममा गुडेर जीप दुर्घटना भएको हो ।
    उद्धारका लागि प्रहरी घटनास्थलमा पुगेको छ । चालक रविलाल बुढाले सामान लाद्ने क्रममा जीप अचानक गुडेको थियो । चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।।

  • सम्बन्धित विषय:

  • # जीप दुर्घटना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology