Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु ,महिला यात्रुको अवस्था गम्भीर

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु ,महिला यात्रुको अवस्था गम्भीर

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर ८, २०७७ सोमवार • १७:०९:१७ बजे
  • 8.3K
    SHARES
  • पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु ,महिला यात्रुको अवस्था गम्भीर
    तस्विर आश तमु पोखरा
    पोखरा —सोमबार पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा पोखरा २८ कालीकाका ३८ वर्षीय राजु नेपालीको रहेका छन । पेअहरीका अनुसार दुर्घटनामा काठमाडौं बूढानीलकन्ठ नगरपालिका–२ की २८ वर्षीया यात्रु शीला श्रेष्ठ घाइते भएको जनाएको छ ।

    कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार फेवातालको सिरान खपौदी क्षेत्रमा ल्यान्ड गर्ने क्रममा सोमबार दिउँसो ल्यान्डिङ एरिया भन्दा झन्डै डेढ किलोमिटर माथि जमिनमा प्याराग्लाइडिङ दुर्घटनामा परेको थियो ।

    दुवैजनालाई उपचारका लागि सिर्जना चोकस्थित मेट्रोसिटी अस्पताल पुर्‍याइएकोमा नेपालीलाई चिकित्सकले मृत घोषण गरेका थिए । छाति र खुट्टामा चोट लागेकी घाइते श्रेष्ठको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology