Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दीकी १८ वर्षीया सपना रोका मगर,विश्वका १ सय प्रेरणादायी र प्रभावशाली महिलामा पर्न सफल

म्याग्दीकी १८ वर्षीया सपना रोका मगर,विश्वका १ सय प्रेरणादायी र प्रभावशाली महिलामा पर्न सफल

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर ९, २०७७ मंगलवार • ११:१५:०६ बजे
  • 6.3K
    SHARES
  • म्याग्दीकी १८ वर्षीया सपना रोका मगर,विश्वका १ सय प्रेरणादायी र प्रभावशाली महिलामा पर्न सफल
    विश्वका १ सय प्रेरणादायी र प्रभावशाली महिलामा नेपालकी एक जना पर्न सफल भएकी छिन् ।

    जीवन कठिन परिस्थितिमा हुँदाहुँदै पनि संघर्ष गरेर समाज परिवर्तनका लागि उदाहरणीय काम गरेका सय महिलाको सूची बीबीसीले सार्वजनिक गरेको हो।

    जसमध्ये नेपालकी सपना रोका मगर पनि परेकी छन्।

    सोमबार राति सार्वजनिक सूचीमा शव जलाउने प्राविधिक सपना पनि समेटिएकी हुन्।

    म्याग्दीकी १८ वर्षीया सपना रोका मगर मृत शरीरलाई दागबत्ती दिन्छिन्। वेवारिसे अवस्थामा भेटिएका शवहरुलाई दागबत्ती दिएर अन्तिम संस्कार गर्छिन् सपना।

    परिचय नै नभएका वेवारिसे शवको व्यवस्थापन गर्न पाउँदा उनलाई सन्तुष्टि मिल्छ। उनले हालसम्म ४५ वटाभन्दा बढी वेवारिसे शवको व्यवस्थापन गरिसकेकी छन्।

    यो सूचीमा फिनल्यान्डकी नेतृ सन्ना मारिन, अवतार तथा मार्भल फिल्मकी स्टार मिसेल योह र कोरोना भाइरसविरूद्ध खोप अनुसन्धान गर्ने अक्फोर्ड युनिभर्सिटीको टोलीमा रहेकी सरा गिल्बर्टलगायत छन्।

    ‘तर एउटा असाधारण वर्षमा विश्वका कैयौं महिलाले अरूको मद्दतका लागि बलिदानी दिएका छन्, तिनैको श्रद्धाञ्जलिस्वरूप सय महिलाको सूचीमा एउटा ठाउँ खालि छाडिएको छ,’ बीबीसले भनेको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology