Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

६ वर्षीया बालिका बलात्कारपछि हत्या प्रकरण : स्थानीय र प्रहरीबीच झडप,प्रहरीको गोली लागी तीन घाइते

६ वर्षीया बालिका बलात्कारपछि हत्या प्रकरण : स्थानीय र प्रहरीबीच झडप,प्रहरीको गोली लागी तीन घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर ९, २०७७ मंगलवार • १५:०४:३७ बजे
  • 1.3K
    SHARES
  • ६ वर्षीया बालिका बलात्कारपछि हत्या प्रकरण : स्थानीय र प्रहरीबीच झडप,प्रहरीको गोली लागी तीन घाइते
    ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या घटनामा आक्रोशित स्थानीय र प्रहरीबीच झडप हुँदा ३ जना गम्भीर घाइते भएका छन् ।

    महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर सञ्जय न्यौपाने, सुरज कार्की र अफ्ताप आलम घाइते भएका छन् ।

    घाइतेमध्ये सञ्जयको दुवै तिघ्रामा गोली लागेकाले उपचारका लागि तत्कालै काठमाडौं लैजानुपर्ने चिकित्सकको सल्लाह अनुसार काठमाडौं पठाउन हेलिकप्टर खोज्ने काम भइरहेको बर्दिबास नगरपालिकाका प्रमुख (मेयर) बिदुर कार्की बताए । अन्य दुई जनलाई भने एम्बुलेन्स मार्फत लैजाने तयारी भइरहेको छ ।

    बलात्कार र हत्याको आरोप लागेका अरुणकुमार साहलाई प्रहरीले पक्राउ गरिसकेको छ । आक्रोशित स्थानीयले आरोपी साहको घरमा आगजनी गरेका छन् । स्थानीयले बर्दिबासमा विरोध प्रदर्शन समेत गरिरहेका छन् ।

    बर्दिबास नगरपालिका १४ स्थित शुभम् बस्तीबाट ६ वर्षीय बालिका गुलाब साह खातुन आइतबार साँझदेखि हराएकी थिइन् । उनी सोमबार मृत फेला परेकी थिइन् । अहिले उनको शव पोस्टमार्टममा लागि जिल्ला अस्पताल जलेश्‍वर लगिएको प्रहरीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology