Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बैतडीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु,जीप चालक गोपाल कार्की फरार

बैतडीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु,जीप चालक गोपाल कार्की फरार

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर ९, २०७७ मंगलवार • १५:३१:३५ बजे
  • 1.8K
    SHARES
  • बैतडीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु,जीप चालक गोपाल कार्की फरार
    बैतडीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। झुलाघाटबाट गोठलापानीतर्फ जाँदै गरेको ना १ ज २१९६ नम्बरको जीप मंगलबार दिउँसो दुर्घटना भएको हो। 

    दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए। 

    दुर्घटनामा परी बैतडीको सुर्नया गाउँपालिका ४ का ७५ वर्षीया कलावती चन्द, दशरथचन्द नगरपालिका ४ का ७५ वर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका ५ बस्कोटका ७० वर्षीया पार्वतीदेवी चन्द,सोही ठाउँका ७२ वर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका २ का ५८ वर्षीय कृष्णलाल लावडको मृत्यु भएको हो।

    दुर्घटना वित्तिकै फरार रहेका जीप चालक गोपाल कार्कीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परेर मृत्यु भएका सबैजना भारतबाट पेन्सन बुझेर आउँदै गरेको बुझिएको छ । गएको चैतदेखि पेन्सन बुझ्न नपाउँदा पेन्सनधारीहरुका लागि सोमबारदेखि शुक्रबारसम्मका लागि झुलाघाट नाका खोलिएको छ ।

    घाइते चार जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ।

  • सम्बन्धित विषय:

  • # जीप दुर्घटना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology