Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ट्राफिक नियम सिकाउने उद्देश्यले सडकमै छमछमी नाचे ट्राफिक प्रहरी हेर्नुस (भिडियो )

ट्राफिक नियम सिकाउने उद्देश्यले सडकमै छमछमी नाचे ट्राफिक प्रहरी हेर्नुस (भिडियो )

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर ९, २०७७ मंगलवार • १६:३१:३० बजे
  • 2.1K
    SHARES
  • ट्राफिक नियम सिकाउने उद्देश्यले सडकमै छमछमी नाचे ट्राफिक प्रहरी हेर्नुस (भिडियो )
    आफ्नै पोसाकमा चिटिक्क सजिएर ट्राफिक नियम सिकाउने उद्देश्यले ट्राफिक प्रहरीहरु छमछमी नाचेको भिडियो सार्वजनिक भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले गीत संगीतको माध्यमबाट ट्राफिक नियम सिकाउने उद्देश्यले भिडियो बनाएको हो ।

    महाशाखाले व्यवहारिक रुपमा प्रयोग हुने २५ वटा ट्राफिक नियम समेटिएको ट्राफिक नृत्य भिडियो रिलिज गरेको महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जनाएका छन ।

    सरोज ओली र एलिना चौहानको स्वर, नृत्य कोरियोग्राफर मनराम केसी र निर्देशन तथा छायाङ्कन प्रकाश भट्ट, सम्पादन बिष्णु शर्मा र संयोजन विनोद केसीले गरेका छन् । गीतलाई मेट्रो ट्राफिक एफएम ९५।५ मेगाहर्जको यूट्युब च्यानललगायत अन्य सामाजिक सञ्जालबाट रिलिज गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # ट्राफिक नियम
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology