Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तनहुँ शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङलाई कोरोना सङ्क्रमण पुष्टि

तनहुँ शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङलाई कोरोना सङ्क्रमण पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर ९, २०७७ मंगलवार • १६:५५:१८ बजे
  • 2.3K
    SHARES
  • तनहुँ शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङलाई कोरोना सङ्क्रमण पुष्टि
    पोखरा -तनहुँ शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    कन्ट्याक ट्रेसिङमा परेका मेयर गुरुङलाई मङ्गलबार कोरोना पुष्टि भएको हो । आइतबार स्वाब सङ्कलन गरी पिसीआर परीक्षणका लागि क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशाला पठाईएकोमा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए ।

    श्रीवास्तवका नुसार मेयर गुरुङमा कुनै पनी लक्षण देखिएको छैन । मेयर गुरुङ सहित मङ्गलबार शुक्लागण्डकी नगरपालिकामा पाँच जनामा कोरोना संक्रमिण पुष्टी भएको छ ।

    संक्रमित हुनेमा वडा नम्बर ७का ६६ र ३० वर्षिय पुरुष तथा १३ वर्षिय बालिका , वडा नम्बर ४ की ५१ वर्षिय महिला रहेकी छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology