Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा चालकको निधन,सोही स्थानमा पिकअज जीप पनि दुर्घटना

ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा चालकको निधन,सोही स्थानमा पिकअज जीप पनि दुर्घटना

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर १०, २०७७ बुधवार • १२:२१:१६ बजे
  • 1.6K
    SHARES
  • ढोरपाटनमा  ट्याक्सी दुर्घटना हुँदा चालकको निधन,सोही स्थानमा पिकअज जीप पनि दुर्घटना
    बाग्लुङ । ढोरपाटन नगरपालिका–२ मा गए राति ट्याक्सी दुर्घटना हुँदा बडिगाड गाउँपालिका–६ का २८ वर्षीय चालक नकुल केसीको ज्यान गएको छ । बडिगाडबाट बुर्तिबाङ बजारतर्फ जाँदै गरेको ध १ ज ५४२ नंको ट्याक्सी बडिगाड खोलामा खसेर दुर्घटनामा परेको थियो ।

    दुर्घटनापछि खोलामा बेपत्ता चालकको शव आज बिहान बडिगाड गाउँपालिका–६ मा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिएका छन् ।

    राति १० बजेतिर दुर्घटनामा परेको ट्याक्सी मध्यपहाडी लोकमार्गबाट २ सय मिटर तल खसेको थियो ।

    ट्याक्सीमा यात्रु भने सवार नरहेको बुझिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायब निरीक्षक मंगल गुरुङले बताएका छन् । हिजै राति सोही स्थानमा लु २ च ९११९ नंको पिकअज जीप पनि दुर्घटनामा परेको थियो । जीपका चालक बडिगाड गाउँपालिका–९ का २२ वर्षीय किरण केसी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

    जीपमा पनि यात्रु नरहेको प्रहरीको भनाइ छ । रासस

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology