भारतीय पत्रकार एवं रिपब्लिक टेलिजिनक प्रस्तोता तथा संचालकसमेत रहेका अर्नब गोस्वामीबिरुद्ध साम्प्रदायिक सद्भाव भड्काएको आरोपमा स्थानीय प्रहरीलाई मुद्दा चलाउन अदालतले आदेश दिएको छ ।
नेपालले नयाँ नक्सा जारी गरेपछि उत्तेजक अभिव्यक्ति र नेपालप्रति भड्किला कार्यक्रमहरु प्रस्तुत गर्दै आएका गोस्वामीलाई भारतमा साम्प्रदायिक सद्भाव, मुस्लिम धर्मावलम्बीको मानहानी र गाली बेइज्जती गरको भन्दै मुम्बई प्रहरीले उजुरी दिएको थियो । प्रहरीले मुद्दा दर्ता गर्न लागेको जानकारी दिएपछि उक्त मुद्दा रोकि पाउँ भनी उनले दायर गरेको अपिल सर्वोच्च अदालते मंगलबार खारेज गरेको थियो । अदालतले महाराष्ट्र प्रहरीलाई उनको अपिल खारेजीसँगै अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।
अर्नब गोस्वामी
कार्यक्रम प्रस्तोता गोस्वामीले मुस्लिय समुदायमाथी कार्यक्रममा नै अतिरञ्जित आरोप लगाउने गरेका थिए भने मुम्बईका सुकुम्बासीबिरुद्ध बारम्बार तुच्छ र निकृष्ट भाषा प्रयोग गरेपछि प्रहरीले मुद्दा दर्ता गर्ने तयारी गरेको र आफु पक्राउ पर्नेसम्मको बुझेपछि उनले मुद्दा खारेजीको माग गरेका थिए । तर, अदालतले उनको अपिल खारेज गरेको थियो ।
गोस्वामीले भारतीय राष्ट्रिय काँग्रेसकी अध्यक्ष सोनिया गान्धी बिरुद्ध पनि विभिन्न आक्षेपसहित कार्यक्रम पस्तुत गरेपछि विवादमा तानिएका थिए । गोस्वामीमाथी भारतमा योमात्र नभई दर्जनभन्दा बढी मुद्दा परेका छन् ।
भारतको सत्तासिन भारतीय जनता पार्टी निकट मानिएको उनको रिपब्लिक टेलिभिजनले काँग्रेस आई र मुसलमानहरुविरुद्ध प्रयोग हुँदै आएको आरोप पनि लाग्ने गरेको छ ।
उनले केहि दिनअघि नेपालले जारी गरेको अध्यावधिक नक्साको विषयमा काँग्रेस नेता डा. मिनेन्द्र रिजालसँग पनि संवाद गरेको थियो । उनको कार्यक्रम प्रस्तुतीप्रति रिजालले पत्रकारले धैर्यताका साथ कार्यक्रमका पाहुनाको संवाद सुन्नु पर्ने र नेपालमा यस्तो नचल्ने समेत बताएका थिए । गोस्वामीले नयाँ नक्सामा कालिपानी र लिम्पियाधुराका विषयमा कुराकानी भएपछि नेता रिजालले उनलाई सभ्य हुन भनेपछि नेपालमा उनको राम्रै चर्चा समेत भएको थियो ।