Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना भाइरस संक्रमणबाट पोखरामा थप दुई महिलाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट पोखरामा थप दुई महिलाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर ११, २०७७ बिहिवार • १४:२४:०५ बजे
  • 2.3K
    SHARES
  • कोरोना भाइरस संक्रमणबाट पोखरामा थप दुई महिलाको मृत्यु
    पोखरा - कोरोना भाइरस संक्रमणबाट पोखरामा थप दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा दुबै महिला रहेकी छन । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले  दिएको जानकारी अनुसार पोखराका एक र लमजुङका एक गरी दुई जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा पोखरा १३ की ६६ वर्षीया महिला रहेकी छन् । उनको बुधबार राति ९ः३० बजे मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । उनमा मंसिर ७ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

    यसैगरी लमजुङको मध्यनेपाल नगरपालिका वडा नं। ७ का ८७ वर्षकी महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

    उनको बुधबार राति २ः३० बजे पोखरास्थित कास्की सेवा हस्पिटलमा मृत्यु भएको हो । उनीमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४४ जना पुगेको छ ।
    127122478_205020077672444_2394625395429713061_o.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology