Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा २८ जनामा कोरोना संक्रमण पुष्टि

पोखरामा २८ जनामा कोरोना संक्रमण पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर ११, २०७७ बिहिवार • १४:४९:४५ बजे
  • 1.0K
    SHARES
  • पोखरामा २८ जनामा कोरोना संक्रमण पुष्टि
    पोखरामा २८ सहित गण्डकी प्रदेशमा बिहीबार बिहान थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार संक्रमित हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का १ पुरुष, ७ का १ पुरुष, ८ का १ पुरुष, ९ का १ पुरुष तथा १ महिला, १० का १ महिला, ११ का १ पुरुष, १२ का १ महिला, १३ का १ पुरुष, १५ का १ महिला, १७ का १ पुरुष तथा १ महिला, १८ का १ पुरुष तथा २ महिला, २५ का २ पुरुष तथा १ महिला, ३२ का १ पुरुष, रहेका छन ।

    यस्तै संक्रमित हुनेहरुमा पोखरा महानगरपालिका वडा नं ६ का १ पुरुष, कास्की अन्नपूर्ण गाउँपालिकाका ३ पुरुष तथा १ महिला, मिलिटरी अस्पताल पोखरामा उपचाररत २ पुरुष तथा १ महिला, कास्की मोडल अस्पतालमा उपचाररत १ महिला रहेका छन् ।

    बागलुङ जिल्ला बागलुङ नगरपालिकाका ३ पुरुष तथा १ महिला, गोरखा जिल्ला गोरखा नगरपालिकाका १ पुरुष, गोरखा आरुघाटका ३ पुरुष तथा १ महिला,नवलपुर देवचुलीका ३ पुरुष, गैडाकोटका १ पुरुष तथा १ महिला र कावासोतीका १ पुरुष रहेका छन् । 

    तनहुँ व्यासका ४ पुरुष तथा ३ महिला रहेका छन् । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११५२९ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण पुष्टि
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology