Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा आफ्नै १३ वर्षीया छोरीलाई बर्षौ देखि बलात्कार गरेको आरोपमा पुरुष पक्राउ

पोखरामा आफ्नै १३ वर्षीया छोरीलाई बर्षौ देखि बलात्कार गरेको आरोपमा पुरुष पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर १२, २०७७ शुक्रवार • १३:३७:५१ बजे
  • 4.8K
    SHARES
  • पोखरामा आफ्नै १३ वर्षीया छोरीलाई बर्षौ देखि बलात्कार गरेको आरोपमा पुरुष पक्राउ
    पोखरा - आफ्नै १३ वर्षीया छोरीलाई बर्षौ देखि अश्चिल फोटो र भिडियो देखाई बलात्कार गरेको आरोपमा ३९ वर्षीय एक पुरुषलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

    मंसिर ६ गते एउटा होटेलमा लगेर जबरजस्ती अश्लील फोटो तथा भिडियो देखाई बलात्कार गरेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । आफ्नै छोरीलाई विगत केही वर्षदेखि अनेकौं बहाना बनाई बलात्कार गर्दै आएको पनि खुलेको छ ।

    उनीविरुद्ध जिल्ला अदालत कास्कीबाट सात दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम डिएसपी हमालले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology