Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरा नहरचोकबाट गाँजासहित तीन युवा पक्राउ

पोखरा नहरचोकबाट गाँजासहित तीन युवा पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर १२, २०७७ शुक्रवार • १३:५७:५६ बजे
  • 1.3K
    SHARES
  • पोखरा नहरचोकबाट गाँजासहित तीन युवा पक्राउ
    पोखरा । पोखरामा गाँजासहित तीन जना युवा पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कास्की मातहत इलाका प्रहरी कार्यालय हशंपुरको मुकाम शिसुवा डाँडाकोनाकबाट खटिएको प्रहरी टोलीले हिजो बेलुकी साढे ४ बजे पोखरा महानगरपालिका वडा नम्बर ३१ नहरचोकबाट समातेको थियो ।

    झोला भित्र लुकाएर राखेको गाँजा १ किलो १ सय ग्राम, मोबाइल २ थान र नगद ३ हजार ७ सय रुपैयाँ बरामद गरेको  प्छहरीले जनाएको छ ।

    पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नम्बर ३१ किमबेशी बस्ने २६ वर्षीय जीवन भुजेल, रुपा गाउँपालिका वडा नम्बर ७ स्याक्लुङ बस्ने २६ वर्षीय रुबिन गुरुङ र पोखरा महानगरपालिका वडा नम्बर ३१ लामागाउँ बस्ने १७ वर्षीय युवक रहेका छन् । उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # गाँजा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology